१ दिनमै २ हजार ३१९ जना सवारी चालकलाई कारवाही

`

     २०७९ आषाढ ०१ गते ११:५२

काठमाडौं, असार १ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा १ दिनमौ २ हजार ३१९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियमको उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४८ जना, मदिरा सेवन गरी सवारी साधन चलाउने १०९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०० जना, लेन उल्लंघन गर्ने ८५ जना, तिब्र गतीमा सवारी साधन चलाउने ७६ जना चालकलाई का।वाही गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरू पनि कारवाहीमा परेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?