एन्फाद्वारा नेपाल सुपर लिगलाई दियो स्वीकृति

`

     २०७९ ज्येष्ठ ३१ गते १:२९

काठमाडौँ, ३१ जेष्ठ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ। एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न स्वीकृति दिएको हो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको स्वीकृति पत्रमा तोकिएका शर्तहरु पालना गरेर भदौ २५ गते देखि कार्तिक ५ गते सम्म लिग गर्न भनिएको छ । साथै प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु स्वीकृति गराउन पनि भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?