चर्चित गायिका इन्दिरा जोशीले आज (मंगलबार) विवाह गर्दै

`

     २०७९ ज्येष्ठ ३१ गते ८:४३

काठमाडौं, जेठ ३१ । चर्चित गायिका इन्दिरा जोशीले आज (मंगलबार) प्रेमी शरद केडियासँग विवाह गर्दैछिन् । उनको विवाहको स्थान भने अहिले गोप्य राखिएको छ ।

मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जनकारी उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै गराएकी थिइन् । आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले सोमबार समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् ।

केही समय अघि उनले हेलिकोप्टर मार्फत् सगरमाथा आधार शिविर गएर प्रपोज गरेको तस्बिर इन्दिरा जोशीले सार्वजनिक गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?