काठमाडौं, जेठ ३० । स्पेनिस क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोलाई बिदाइ गरेको छ । मार्सेलोले १५ वर्ष रियल मड्रिडमा बिताएका थिए ।
रियलले सोमबार एक कार्यक्रम गर्दै मार्सेलोलाई बिदाइ गरेको हो । ३४ वर्षीय डिफेन्डर मार्सेलो २००७ मा रियल आएका थिए । रियलका लागि उनले २५ उपाधि जितेका छन् ।
उनले रियलका लागि ५ सय ४५ खेल खेलेका छन् । उनले ५ सय ४५ खेल खेल्दा ३८ गोल र १०३ असिस्ट गरेका छन् । सर्जियो रामोसले रियल मड्रिड छोडेर गएपछि उनले क्लबका लागि कप्तानको भूमिका निभाएका थिए ।




