काठमाडौं, जेठ ३० । म्यान्चेटर सिटीका स्टार खेलाडी इलिङ हलान्डले आफू जीवनभर म्यान्चेटर सिटीको सर्थक भएको बताएका छन् । भर्खरै मात्र सिटीसँग सम्झौता गरेका इलिङ हालान्डले आफू पहिले देखि सिटीको समर्थक भएर र जीवनभर रहने बताएका छन् ।
इलिङ हालान्डले पहिलो पटक म्यान्चेटर सिटीमा अन्तवार्ता दिएका हुन् । हालान्डका पिता एल्फि हालान्डले सिटीबाट ४६ लिग खेल खेलेका थिए । त्यसपछि इलिङ हालान्डका पिताले केन इन्ज्यूरीका कारण सन् २००३ मा ३० वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका थिए ।
सिटी नै आउनुको पहिलो कारण के हो भन्ने डेभिड केल्टोनको प्रश्नमा हालान्डले भने, ‘पहिलो कारण नै मेरो पिता । त्यसपछि म इङ्ल्यान्डमा जन्मिए ।
हालान्डले सिटी आफ्नो घर जस्तै लाग्ने बताए । नर्वेका स्टार इलिङ हालान्डले आफू सिटीमा रहेर धेरै कुरा परिवर्तन गर्ने सोचमा आफू आएको बताए । उनले आफू अट्याकिङ फुटबल मन पराउने भएकाले पनि सिटीको खेल हेर्दा सकरात्मक उर्जा आउने बताए ।
म इङ्यान्डमा घर जस्तै आभास गर्छु । मैले यहाँ आफ्नो खेलमा धेरै विकास गर्ने आशा गरेको छु । सिटीको खेल हेर्दा सकरात्मक उर्जा आउँछ,’ हालान्डले भने ।




