काठमाडौं, जेठ ३० । इंग्लिस क्लब लिभरपुलले बेन्फिकासँग उरुग्वेयन स्ट्राइकर डार्विन नुनेजलाई भित्र्याउने सहमति गरको पोर्चुगिज क्लबले पुष्टि गरेको छ । लिभरपुलले ७.५ करोड युरोमा डार्विन नुनेजलाई भित्र्याउन लागेको बेनफिकाले बताए पनि सम्झौताका थप बुँदाहरूले यो रकम १० करोड युरोसम्म पुग्ने बताइएको छ ।
गत सिजन २२ वर्षीय नुनेजले सबै प्रतियोगितामा ४१ खेल खेल्दै ३४ गोल गरेका थिए । उरुग्वेका लागि ११ खेल खेलेका नुनेजले सन् २०२१–२२ सिजनमा लिगका २८ खेलमा २६ गोल गरेका थिए ।
लिभरपुलले सन् २०१८ मा साउथ ह्याम्पटनबाट भर्जिल भान डाइकलाई भित्र्याउन क्लब रेकर्ड ७.५ करोड पाउन्ड खर्च गरेको थियो । लिभरपुलले आगामी सिजनका लागि पोर्चुगलका १९ वर्षीय फाबियो कार्भाल्हो अनुबन्ध गरिसकेको छ ।




