एजेन्सि, ३० जेष्ठ । पेरिस सेन्ट जर्मेनका प्रशिक्षक माउरिसियो पोचेटिन्होले क्लब छाड्ने भएका छन् । क्लबका अधिकारीहरूसँग छलफलपछि पोचेटिन्होले सो निर्णय लिएका हुन् ।
पीएसजीले यसबारे औपचारिक घोषणा गर्न बाँकी रहे पनि टोटनह्यामका पूर्व म्यानेजरले आफ्नो करारको अन्तिम वर्ष पुरा नगर्ने बताइएको छ ।
पोचेटिन्होको स्थानमा जिनेदिन जिदान, जोसे मोरिन्हो र निसका प्रशिक्षक क्रिस्टोफर गाल्टियर आउने चर्चा रहेको छ ।




