बोडेमा ५१ वर्षीय कल्याण साहुको हत्या

`

     २०७९ ज्येष्ठ २९ गते ७:४३

काठमाडौँ, जेठ २९ । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । घटनाबारे अनुसन्धान गरिरहेको पाण्डेले बताए .

प्रहरीले साहुको शव परीक्षणका लागि शिक्षण अस्पताल दुवाकोट पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?