चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइको हत्या

`

     २०७९ ज्येष्ठ २९ गते ७:२७

काठमाडौं, जेठ २९ । वराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई १८ वर्षीय भाइ देव कुमार धामीको हत्या गरेको आरेपमा प्रहरीले पक्राउ गरेको छ ।

देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?