काठमाडौं, जेठ २९ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६२ जनाको पीसीआरबाट परीक्षण गर्दा ११ जना र १२९१ जनाको एन्टीजेनबाट परीक्षण गर्दा ८ जना गरी जम्मा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०६ जना रहेको छ ।




