काठमाडौं, जेठ २९ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीमा शौचालयमा लडेर एक ४९ वर्षीया महिलाको मृत्यु भएको छ । शनिवार राति शौचालयमा लडेर घाइते भएकी सुशीला खड्काको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएकी सुशीला खड्का बौद्ध उत्तरबाहिनि स्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर बस्दै आएकी थिइन्उ । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।




