नेसन्स लिगमा स्वीट्जरल्याण्डलाई १–० गोल अन्तरले हराउँदै स्पेन दोस्रो स्थानमा

`

     २०७९ ज्येष्ठ २७ गते ८:२०

एजेन्सी, जेष्ठ । युइएफए नेसन्स लिगमा स्पेनले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

स्पनेको जितमा पाब्लो सारावियाले गरेको गोल नै निर्णायक बन्यो । उनले १३औं मिनेटमा मार्कोस लोरेन्टेको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै स्पेन ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?