पोखरीमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु

`

     २०७९ ज्येष्ठ २६ गते ९:५७

काठमाडौँ, जेठ २६ । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी आँचल सदा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?