एजेन्सी, जेठ २५ । भारतीय महिला क्रिकेट टिमकी लिजेण्ड मिथाली राजले अन्तराष्ट्रिय क्रिकेटखेल बाट सन्यास घोषणा गरेकी छन् । २३ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटर मिथाली राजले बुधबार सामाजिक संजालबाट सन्यास लिएको घोषणा गरेकी हुन् ।
३९ वर्षीय मिथालीले भारतका लागि १२ टेस्ट, २ सय ३२ एकदिवसीय अन्तराष्ट्रिय र ८९ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेकी छन् । उनले सन्यास घोषणा गर्दै समर्थकको साथ र सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेकी छन् ।
‘तपाईहरुको माया र समर्थनको लागि धन्यवाद तपाईहरुको आशीर्वाद र समर्थनको साथ मेरो दोस्रो इनिङको प्रतीक्षामा छु,’ उनले लेखेकी छन् ।




