नवलपरासी जिल्ला अदालत परिसरमा गोली चलाउने एक युवक पक्राउ

`

     २०७९ ज्येष्ठ २४ गते ५:२८

काठमाडौँ, जेठ २४ । पश्चिम नवलपरासी जिल्ला अदालतमा गोली चलाउन एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हर्षराम यादव छन् ।

जेठ २३ गते उनले जिल्ला अदालतमा १ राउण्ड गोली फायर गरेका प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई सुनवल नगरपालिका–९ स्थित बनकट्टीबाट पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी ऋषिराम कँडेलले बताए । यादवको साथबाट एकथान अमेरिकन पेस्तोल र म्यागेजिन बरामद गरिएको छ ।

आरोपीले उनकै काकी ३० वर्षीया रोशनी यादवलाई लक्षित गरेर गोली चलाएका थिए । उनीहरुको अंशवण्डा मुद्दा जिल्ला अदालतमा चलिरहेको छ ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?