नेसन्स लिग : क्रोयसिया र फ्रान्स १-१ गोलको बराबरीमा

`

     २०७९ ज्येष्ठ २४ गते १०:०६

काठमाडौं, जेठ २४ । क्रोएसियाले सोमबार राति नेसन्स लिगमा फ्रान्सलाई १-१ गोलको बराबरीमा रोकेको छ । फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३-० ले निराश भएको थियो ।

स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो । यसअघि ५२ मिनेटमा एड्रिन राबियोटले गोल गरी फ्रान्सले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो । क्रोएसियाका लागि एन्डरेज क्रामारिचले पाएको पेनाल्टीको सदुपयोग गर्दै टोलीको लगातार दोस्रो हारको संकट टारेका थिए ।

लिग ए ग्रुप वानमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा डेनमार्कले अस्ट्रियालाई २-१ ले हरायो । दुई खेलमा डेनमार्कको ६ अंक छ भने दोस्रो स्थानको अस्ट्रियाको २ अंक छ । तेस्रो स्थानको फ्रान्स र चौथो स्थानको क्रोएसियाको समान १ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?