काठमाडौं,जेठ २३ । नेपाल सरकारले प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुनेमा उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।
निर्णयअनुसार उत्तम सुवेदी एक, अरुणकुमार बीसी दुई, दिवेश लोहनी तीन, मुकुन्दराज आचार्य चार र पूजा सिंह पाँच नम्बरमा एआईजी बढुवा भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको सिफारिसका आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।




