नवलपरासी जिल्ला अदालतमा हर्षराम यादवले गोली चलाए

`

     २०७९ ज्येष्ठ २३ गते ६:३६

काठमाडौँ, जेठ २३ । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

उनले एक राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीले बताए । उनको खोजी कार्य भइरहेको शाहीले बताए । गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?