काठमाडौं, जेष्ठ २२ । जेठ ८ गते लैनचौरमा एक व्यापारीको ३५ लाख लुटपाट भएको थियो । ३५ लाखमा एक किलो सुन बेच्ने भन्दै प्रलोभनमा पारेर व्यापारीलाई पैसा लिन लगाई पैसा लिएर उनीहरु भागेका थिए । लुटपाटमा संलग्न एक हवल्दार पक्राउ परेका छन् भने अर्का जवान फरार छन् ।
सस्तोमा सुन बेच्ने बहानामा काठमाडौंमा प्रहरीले नै ३५ लाख रुपैयाँ लुटेको खुलेको हो। मालिगाउँ वृत्तमा कार्यरत हवल्दार शालिकराज नेपालीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी स्रोत बताउँछ ।



