पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण

`

     २०७९ ज्येष्ठ २२ गते ५:२३

काठमाडौं, जेठ २२ । पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ अहिले सम्म कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५७९ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ५५ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी जम्मा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् । भने हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०९ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

आइबार १३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ११ लाख १९ हजार ४६० पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?