यूइएफए नेसन्स लिग : इटाली र जर्मन १-१ गोल बराबर भई अंक बाँडे

`

     २०७९ ज्येष्ठ २२ गते १०:०२

काठमाडौं, जेठ २२ । युरो २०२२ च्याम्पियन इटाली र जर्मनीले यूइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा १–१ गोलको बराबरी भई अंक बाँडेका छन् ।

शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा घरेलु टोलीका लागि ७० औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गरे । जर्मनीका योसुवा किम्मिखले ७३ औँ मिनेटमा बराबरी गोल फर्काए ।

बराबरीसँगै दुवै टोलीले समूहमा समान एक अंक जोडेका छन् । यस समूहमा हंगेरी ३ अंक जोडेर शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?