मैत्रीपूर्ण अभ्यास खेलमा २–० गोलले नेपाल ओमानसँग पराजित

`

     २०७९ ज्येष्ठ २१ गते ९:३०

काठमाडौँ, जेष्ठ २१ । नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार राति कतारमा भएको मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग २–० ले पराजित भएको छ ।

एसियाकप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपाल अब कुवेततर्फ लाग्नेछ । कतार बसाईका क्रममा नेपालले यसअघि खेलका दुई मैत्रीपूर्ण अभ्यास खेलमध्ये टिमोर लिस्टेविरुद्ध २–२ र श्रीलंकाविरुद्ध १–१ को बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?