काडमाडौँ, २० जेष्ठ । काठमाडौंको मूलपानीमा बाजुरा घर भएका युवक मृत भेटिएका छन् । काँडाघारी स्थित मोटरसाइकल वर्कशपमा कार्यरत २२ वर्षीय धर्मराज शाही मृत अवस्थामा भेटिएका हुन् ।
मूलपानीमा पैंयुको रुखमा पासो लागेर झुन्डिँदा भुईँमा खसेको अवस्थामा बिहिबार उनको शव भेटिएको थियो । युवकका आफन्तहरुले घटना शंकास्पद भएको दावी गर्दै अनुसन्धान गर्न माग गरेका छन् ।




