नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै

`

     २०७९ ज्येष्ठ २० गते ११:२४

काठमाडौं, जेठ २० । कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । दोहामा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।

यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी गरेको थियो । यस्तै, दोस्रो खेलमा श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो ।

एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?