डिजेल, पेट्रोल, र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँले घट्यो

`

     २०७९ ज्येष्ठ १९ गते ८:४३

काठमाडौँ, जेष्ठ १९ । नेपाल आयल निगमले डिजेल,पेट्रोल,र मट्टितेलको मूल्य घटाएको छ । निगमले सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?