घर बाटा बेपत्ता भएको युवकको शव फेला

`

     २०७९ ज्येष्ठ १९ गते ९:५५

काठमाडौँ, जेठ १९ । रोल्पा नगरपालिका–१० धाङसी बस्ने राजकुमार रोकाका १८ वर्षीय छोरा भगवती रोका मगर घर बाटा बेपत्ता भएको झण्डै दुई महिना पछि शव फेला परेको छ ।

रोल्पाका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक थम्मन बिसीका अनुसार उनी २०७८ चैत्र २४ गते घरबाट हिँडेका थिए । धेरै दिन सम्म घरमा नफर्किए पछि परिवारजनले वैशाख महिनामा खोज तलास गरी पाउँ भनी प्रहरीमा उजुरी दिएका थिए ।

सोही अनुरूप खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–९ स्थित सुनप्रकाश बुढाको खाली गोठमा निजको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?