बर्दियामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ

`

     २०७९ ज्येष्ठ १८ गते ६:५८

काठमाडौँ, जेठ १८ । बर्दिया मधुवन नगरपालिका–३ , बिपतापुरका ६१ वर्षीय दुखवा थारु ले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

थारूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर पाउन साथ धनौरा प्रहरी चौकीबाट मंगलबार खटिएको प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीद्वारा बुधवार प्रेषित प्रेस नोटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?