बेलुन डो अर बेजन्माले नै जित्ने मेसीको दाबी

`

     २०७९ ज्येष्ठ १७ गते २:३४

काठमाडौँ, जेष्ठ १७ । लियोनेल मेसीले यस पटकको बेलुन डो अर अवार्ड रियल म्याड्रिडका फ्रेन्च स्टार करिम बेजन्माले पाउनुपर्ने बताएका छन् ।

टिवाइसी स्पोर्ट्ससँग कुरा गर्दै मेसीले बेन्जमाले बेलुन डो अर पाउनुपर्नेमा कुनै शंका नरहेको बताएका हुन् ।

उनले भनेका छन ‘मलाई लाग्छ बेन्जमाले बेलुन डो अर पाउनेमा कुनै शंका छैन । यो धेरै हदसम्म स्पष्ट छ । उनको यो बर्ष निकै राम्रो भएको छ । च्याम्पियन्स लिगमा उनले धेरै रम्रो खेलेका छन् ।’

बेन्जमाले यस सिजनको च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए । रियल म्याड्रिडलाई नकआउट चरणमा पिएसजी, चेल्सी र म्यानचेस्टर सिटीविरुद्ध जित हासिल गर्न बेन्जमाले ठुलो भूमिका निभाएका थिए ।

त्यस्तै बेन्जमाले यस सिजनमामा रियल म्याड्रिडलाई ला लिगाको उपाधि जिताउन पनि ठुलो भूमिका खेलेका छन् । उनले ला लिगामा यस सिजनमा २७ गोल गरेका छन् भने १२ गोल असिस्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?