घरको छतबाट खसेर एकजनाको मृत्यु

`

     २०७९ ज्येष्ठ १६ गते २:५३

काठमाडौं, जेठ १६ । लाजिम्पाटमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय महेश पन्त रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

घरमा एक्लै बस्दै आएका उनको घरमा भित्रबाट चुकुल लगाइएको थियो । ‘खसेको जस्तो देखिएको छ, अन्य व्यक्ति भित्र प्रवेश गरेको देखिँदैन’ दिनेशराज मैनालीले भने, ‘थप अनुसन्धान भइरहेको छ । सोमबार बिहान शव भेटिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरसहितको टोली पनि घटनास्थलमा पुगेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?