रोमाले जित्यो युरोपा कन्फ्रेन्स लिगको उपाधि

`

     २०७९ ज्येष्ठ १२ गते १०:४१

काठमाडौँ, १२ जेष्ठ । रोमाले युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ । इटालियन क्लब रोमाले बुधबार राति भएको फाइनलमा डच क्लब फिएनुर्ड एफसीलाई १–० ले हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको हो ।

रोमालाई उपाधि दिलाउन खेलको ३२ औं मिनेटमा निकोलो जानिलोले निर्णायक गोल गरे । यससँगै जोसे मोरिन्हो तीन वटै युरोपियन प्रतियोगिताको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?