आईपीएल अन्तर्गत बैंगलोर र लखनउ एलिमिनेटरकोे लागि भिड्दै

`

     २०७९ ज्येष्ठ ११ गते ११:१८

काठमाडौं, जेठ ११ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) रोयल्स च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जाइन्ट्स भिड्दै छन् । कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ ।

यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लखनउ डेब्यु सिजन नै प्ले अफ पुगेको हो । लखनउले १८ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न लागेको हो । बैंगलोर भन्दा चौंथो स्थानमा रहदै प्लेअफ खेल्न लागेको हो । बैंगलोरले लिग चरणमा १६ अंक जोडेको थियो । दुई टोलीबीचको पहिलो खेलमा बैंगलोर १८ रनले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?