काठमाडौँ, १० जेष्ठ । आगामी जेठ २२ देखि २८ गतेसम्म हुने तय प्रतियोगिता स्थगित गरेको युवा तथा खेलकुद मन्त्रालयले जानकारी दिएको छ ।
प्रतियोगिता अब असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुने मन्त्रालयले जनाएको छ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतियोगिता सार्वजनिक खरिद ऐनअनुरूप जेठमा गर्न समस्या भएकाले सार्नु परेको बताए। ३५ दिनको सूचना निकालेर समान खरिद गर्न समय अपुग भएकाले प्रतियोगिता सारिएको हो।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली टिम गरी ११ टिमका खेलाडीलाई ३६ खेलमा प्रतिस्पर्धा गराउन तयारी गरिएको थियो।




