प्रहरीले साढे ३ सय केजी लागू औषध गाँजा मकवानपुरबाट बरामद गर्‍यो

`

     २०७९ ज्येष्ठ ०९ गते १:३२

काठमाडौँ, ९ जेठ । मकवानपुरबाट प्रहरीले साढे ३ सय केजी गाँजा बरामद गरेको छ ।

थाहा नगरपालिका–३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले उक्त गाँजा आइतबार राति बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?