चेल्सी र लेस्टर सिटीले अङ्क बाँडे

`

     २०७९ ज्येष्ठ ०६ गते ८:२६

काठमाडौँ, जेठ ६ । इङलिश प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटी १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिएको थियो ।

चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट खेल १-१ को स्थितिमा ल्याए । बराबरिसंगै ३६ खेलबाट ७१ अंक सहित चेल्सी तेस्रो स्थानमा छ । समान खेलबाट लेस्टर सिटी ४९ अंक सहित नवौं स्थानमा छ ।

यस अघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?