काठमाडौँ, ५ वैशाख । सत्तारुढ दल नेकपा माओवादीका नेता शक्ति बस्नेतले आज प्रतिनिधिसभामा विनियोजन विधेयक छलफलमा कृषिमा आमूल परिवर्तन जरुरी रहेको बताएका छन् ।
‘कृषिबाट निर्भरताको संख्या ८० प्रतिशतबाट घटेर ६० प्रतिशतमा आइपुगेको छ । र, अहिले कृषिमा आश्रित जनसंख्या परिवर्तन भइरहेको छ भन्ने देखिन्छ,’ बस्नेतले भने, ‘कृषिबाट विस्थापित जनसंख्या सेवा र उद्योग क्षेत्रमा नभइ वैदेशिक रोजगारीमा गइरहेको छ ।’ यस्तै, खेतीयोग्य जमिन बाँझो भइरहेकाले त्यसलाई उपयोग गर्नुपर्ने उनले बताए ।