बढी आय हुनेले बढी र कम आय हुनेले कम कर तिर्ने कर प्रणाली लागू हुनुपर्ने नेता खनालको आग्रह

`

     २०७९ ज्येष्ठ ०४ गते २:५६

काठमाडौँ, ४ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले प्रगतिशिल कर प्रणाली लागू सरकारलाई आग्रह गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटको विनियोजित विधेयकको सिद्धान्त तथा छलफलमा सुझाव दिने क्रममा खनालले यस्तो बताएका हुन् ।

मुलुकको कर नीति बढी आय हुनेले बढी र कम आय हुनेले कम तिर्ने हुनुपर्ने बताउँदै नेता खनालले प्रगतिशिल कर प्रणाली लागू हुनुपर्ने सरकारसँग माग गरे । बरु राजस्व वृद्धिका लागि सरकारले करको दायरा वृद्धि गर्नुपर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?