काठमाडौँ, जेठ ३ । ३४ बर्षिय विंगर एंगल डी मारियाको पिएसजीमा यस सिजनको अन्त्यसँगै सकिन लागेको सम्झौता नवीकरण नहुने भएपछि उनले पिएसजी छोड्ने भएका छ ।
मिडिया रिपोर्टका अनुसार मारिया सिरी ए क्लब युभेन्टस जाने भएका छन् । गोल डट कमले मारियासँग युभेनता ले एक सिजनका लागि सम्झौता गर्ने सहमति गरेको उल्लेख गरेको छ ।
अब मारियाले पिएसजीका लागि मे २१ मा हुने मेट्जविरुद्धको अन्तिम खेल खेल्ने बताइएको छ ।
मारियाले पिएसजीमा सात बर्ष बिताएका छन् ।
पिएसजीका लागि २९४ खेलमा ९१ गोल गरेका मारियाले ११८ गोल असिस्ट समेत गरेका छन् ।




