काठमाडौं, जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
विगत एक वर्षदेखि बिमारी रहेका प्रेमबहादुरको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रममा रहेको छ ।




