नेपालमा थप ७ जनामा कोरोना पुष्टि

`

     २०७९ ज्येष्ठ ०२ गते ६:४७

काठमाडौँ, २ जेष्ठ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ९ जना कोरोना  भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९१३ पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३९ रहेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?