काठमाडौँ, बैशाख २९ । कोपा इटालीयाको उपाधि इन्टर मिलानले जितेको छ ।
आज भएको उपाधि होडमा इन्टर मिलानले युभेन्टसलाई ४-२ गोल अन्तरले पराजित गर्दै यस बर्षको कोपा इटालीयाको उपाधि जितेको हो ।
यो सहित इन्टर मिलानले आठौ पटक कोपा इटालीयाको उपाधि जितेको छ । इन्टर मिलानले २०११ पछि पहिलो पटक कोपा इटालियाको उपाधि जितेको हो ।
कोपा इटालियाको उपाधि सबै भन्दा बढी जित्ने क्लब भने युभेन्टस नै हो । युभेन्टसले १४ पटक यो उपाधि जितेको छ । त्यस्तै रोमाले ९ पटक यो उपाधि जितेको छ ।




