इजरायली सेनाको गोली लगेर अलजजिराको एक पत्रकारको मृत्यु

`

     २०७९ वैशाख २८ गते ११:०६

एजेन्सि, २८ वैशाख । इजरायलमा अलजजिराकी एक जना पत्रकारको गोली लागेर मृत्यु भएको छ भने अर्का एक स्थानिय पत्रकारको घाइते भएको छ ।

समाचार संस्था एपीका अनुसार बुधबार बिहान वेस्ट ब्यांकमा इजरायली सेनाले छापा मार्ने क्रममा चलाएको गोली लागेर पत्रकार शिरिन अबु अक्लेहको मृत्यु भएको हो।

अलजजिराले प्यालेस्टाइनको उद्धृत गर्दै जेनिन सहर नजिकै अक्लेहको टाउकोमा गोली हानिएको उल्लेख गरेको छ। उनीसँग रिपोर्टिङ गरिरहेका अर्का एक स्थानीय पत्रकार घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?