नेप्सेमा ४४ अङ्कको वृद्धि, सबै उपसूचक पनि पोजेटिभ

`

     २०७९ वैशाख २७ गते ३:४०

काठमाडौँ, बैशाख २७ । साताको तेस्रो दिन मंगलबार नेप्से उकालो लागेको छ । आज नेप्से ४४.१६ अंकले बढेर २३१३ अङ्कमा पुगेको छ ।

नेप्सेमा आज ३३ लाख ३० हजार १५० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आज २२६ कम्पनीको सेयर खरिदबिक्री भएको छ ।

मंगलबार कारोबार भएका सबै उपसूचकको मुल्य बढेको छ ।

मंगलबार बरुण हाइड्रो, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र एनगाडी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज एनआईबिएल समृद्धि फण्ड(२ को शेयर मुल्य सबैभन्दा बढी ४.८२ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?