एन्फाले बनायो छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन

`

     २०७९ वैशाख २५ गते ५:१७

काठमाडौँ, २५ वैशाख । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न एन्फाले ३ सदस्यीय टोली गठन गरेको छ ।

आज सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठक पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको सयोजकत्वमा, पूर्व नेपाली अन्तर्राष्ट्रिय विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेको छानबिन टोली टोली गठन गरेको हो ।

छानबिन समितिले सात दिनभित्र सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?