चालू आर्थिक वर्षको ९ महिनासम्म २३२ उद्योग दर्ता

`

     २०७९ वैशाख २५ गते ३:३४

काठमाडौँ, २५ वैशाख । चालू आर्थिक वर्षको चैत मसान्तसम्म ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग गरी २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म ८ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ ।

चालू आवको तेस्रो त्रैमाससम्म २३२ उद्योगमा २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् । हालसम्म २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन् । चैत मसान्तसम्म २३ वटा डिजाइन, दुई हजार ३५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?