नेपाल जिम्बावे ‘ए’ सँग ३ विकेटले पराजित

`

     २०७९ वैशाख २३ गते ३:१२

काठमाडौँ, २३ बैशाख । जिम्बावे ‘ए’ ले नेपाललाई पहिलो एकदिवसीय क्रिकेटमा ३ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ‘ए’ ले २६ ओभरमा पूरा गरेको हो ।

जिम्बावेका लागि ओपनर इनोसेन्ट कायले नटआउट रहँदै सर्वाधिक ४८ रन बनाए । त्यस्तै सेफास झुवाओले ३२ रन बनाउँदा रोय कायाले १४ रन बनाए । त्यस्तै ब्राड इभान्सले नटआउट रहँदै १७ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले २र२ विकेट लिए । त्यस्तै सोमपाल कामी र सागर ढकालले १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३१.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?