जिम्बाबे ए विरुद्ध नेपालको जित

`

     २०७९ वैशाख २१ गते ४:१४

काठमाडौँ, बैशाख २१ । नेपालले जिम्बाबे ए विरुद्धको टी-२० सिरिजको तेस्रो खेल ८ विकेटले जितेको हो । जिम्बाबे ए ले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।

नेपालका लागि ओपनर आसिफ सेखले सर्बाधिक ८७ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले ३४ रन बनाएका थिए । त्यस्तै बासिर अहमदले १० रन बनाएका थिए ।

त्यस्तै जिम्बाबे ए का बलर लुक जोंगवि र ब्राण्डन माभुटाले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबे ए ले २० ओभरमा ७ विकेट गुमाउदै १३६ रन बनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?