मेसीको एउटा जर्सी ४ लाख ५० हजार डलरमा बिक्यो

`

     २०७९ वैशाख २० गते ७:०१

काठमाडौँ, २० बैशाख । ७ औँ पटक विजेता लियोनेल मेसीको एक जर्सी साढे ४ लाख डलरमा बिक्रि भएको छ ।

मेसीले आफ्नो क्यारियरको ५००औँ गोल गर्दा लगाएको जर्सी अनलाइन अक्सनमा हालै साढे ४ लाख डलरमा बिक्रि भएको हो ।

मिडिया रिपोर्टका अनुसार मेसीले २०१७ मा भएको एल क्लासिकोमा गरेको गोल, जुन उनको क्यारियरको ५०० औँ गोल थियो, सो गोल गर्दा लगाएको जर्सीको अन लाइन अक्सनमा साढे ४ लाख डलरमा बिक्रि भएको हो ।

मेसीले सो गोल गरेपछि आफ्नो जर्सी निकालेर रियल म्याड्रिडका फ्यानलाई देखाउदै गोलको सेलिब्रेशन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?