चालू आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात

`

     २०७९ वैशाख १९ गते १२:४५

काठमाडौँ, १९ बैशाख । चालू आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८५ करोडको अलैँची निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । यस अवधिमा ४२ लाख ६८ करोड किलोग्राम अलैँची विदेशतर्फ निर्यात भएको छ ।

यसमध्ये सबैभन्दा धेरै भारततर्फ निर्यात भएको छ भने पाकिस्तानतर्फ समेत निर्यात भएको तथ्याङ्क भन्सारले दिएको छ ।

भारतमा ९ महिनाको अवधिमा ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको ४१ लाख ९८ हजार किलोग्राम अलैँची निर्यात भएको छ । यस्तै, सोही अवधिमा ३ करोड ४४ लाख रुपैयाँ बराबरको ७० हजार किलोग्राम अलैँची निर्यात भएको विभागले जानकारी दिएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा ५ अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?