नेप्सेमा १९.९७ अङ्कको गिरावट

`

     २०७९ वैशाख १५ गते ३:४१

काठमाडौँ, बैशाख १५ । आज नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा पुगेको छ ।

आज २२६ कम्पनीको २८ हजार ९१२ कित्ता शेयर कारोबार हुदा एक अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको जालपा लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्सको शेयर मुल्य सबै भन्दा बढी ३.९८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको मुल्य घटेको छ ।

आज सबै भन्दा बढी विकास बैंक उपसूचकको मुल्य १.७७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज आइएमई जनरल इन्सुरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ५ करोड २५ लाखभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, हिमालय डिष्टिलरीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?