काठमाडौँ, बैशाख १४ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा आज राति लिभरपुल र भिल्लारियलबीच खेल हुदै छ ।
भिल्लारियलले च्याम्पियन्स लिगको यस सिजनमा युभेन्टस र बायर्न म्युनिखलाई पाखा लगाउदै सेमिफाइनलमा पुगेको छ । यस सिजनको च्याम्पियन्स लिगमा भिल्लारियललाई जाइन्ट किलर टिमको रुपमा हेरिएको छ ।
लिभरपुल र भिल्लारियलबीचको खेल नेपाली समय अनुसार आजराती १२: ४५ मा शुरु हुदै छ ।
उच्च फर्ममा रहेको लिभरपुलले भिल्लारियलविरुद्ध घरेलु मैदान एनफिल्डमा खेल्दै छ ।




